मौनता

केहि दिनको चिनाजानी मै
मनले तिमीलाई आफ्नो मानि सकेछ
यस्तो आभास हुन्छ तिमि नै होउ
जसलाई यो मनले सधै खोजि रहेको थियो

तिम्रो मुहारमा हासो देख्दा
त्यस मै हराउ जस्तो लाग्छ
थाहा छैन कस्तो भावना हो यो
तिम्रो पहिलो हेराई सधै मनमा रहने छ

त्यो एक पलको छड्के हेराई
त्यो दुई पलको संगै हिडाई
मेरा अनेक गफ मात्र तिम्रो मुस्काई
अर्कै संसारको आभास भएको थियो मलाई

मेरा अनगिन्ति प्रस्न
तर तिम्रो मात्र मौनता
मौनताको अर्थ सुल्झाउने प्रयास गर्दैछु

प्रयासमा पनि तिम्रो साथ खोज्दै छु म

                                                 साजन रेग्मी