अन्तिम सास

गल्ति कसको आमा

यो संसारमा जन्म लिए

मेरो के नै अस्थितो आमा

यदि समाजको बिष सबै तिमीले पिए

 

जन्मे यहा, हुर्किए यहा

मलाई येही झुपडी प्यारो

महलमा बस्नेका हृदय झाकेर हेर आमा

त्यहाँ मात्र अँध्यारो

 

बर्खामा चुहिने यो छानो

पेट भरि खान पुग्ने पनि काहा थियो दानो

हाम्रो दुख कसले देख्ने आमा

भगवान पनि कानो

 

गर्व गर्छु आमा तिम्रो सन्तान

भई जन्म लिएकोमा

सन्तोष थिए आमा

भोक मेट्न त्यो नदीको पानि पिएकोमा

 

नसोच कहिले दिन सकेनौ केही

अन्तिम सास तिम्रै काखमा फेर्दैछु आमा

मेरो लागि संसारको सारा सुख यहि

मेरो लागि संसारको सारा सुख यहि

 

                           – साजन रेग्मी