मायामा घात

बोल्न मन लागि रहन्छ उनी संगै  

तर अब बोलाऊ पनि के भनि

संगै हुदा पत्तो थिएन समयको 

आजकल रात बित्छ तारा गनी 

 

 

बोल्दिनन् उनी बोलाउदिन पनि 

सायद आफ्नै दुनियामा मस्त छिन् उनी

सुनेको छु, उनी पनि एक्लै बस्छिन रे ढोका थुनी

कतै उनको नजरमा म पो भए वैगुनी

 

 

छौ एउटै शहरमा एउटै आकाश मुनि

कुरी बस्छु त्यही गल्लीमा घडी हेरी

हेर्छु दाया बाया भेट्छु कि उसलाई भनि

अब सम्झना मै सिमित रहने भयो यो जुनी

 

 

लाग्छ अजै साथ छौ, बनेर मेरै छाया

सजिलो कहाँ हुने रहेछ बिर्सिन चोखो माया

बिति गयो बात अब छुटी सक्यो हात

सम्झनामा सधै रहने छन् मिठा ती साथ

 

 

सम्झौताको नाममा छोडी गयौ हात

मैले जति माया गर्ने पाउने छैनौ साथ

माया केवल मैले मात्र गरेको रहेछु

तिमी त छोडी गयौ, गरि घात

तिमी त छोडी गयौ, गरि घात