संसार, यो पूरै ब्रह्माण्ड एक गुरु
हो

प्रथम गूरु, आमा, जीवनको अर्थ के हो? उहाले सिकाउनु भयो
भावना, माया, स्नेह, यी भारि शब्दहरुको अर्थ उहाले सिकाउनु भयो
सम्झौता, त्याग, सम्बन्ध निभाउन उहाले सिकाउनु भयो

घाम, मयन, टुकी, आफू जलेर पनि अरूलाई प्रकाश दिन सिकाउछन्
जून आफै संग प्रकाश नभए पनि अरूको प्रकाशले संसार उझ्यालो बनाउन सिकाउछ
रुख सितल छाहारी दिन सिकाउछ
पानि अरूको प्यास मेट्न र सिर्जनाको स्रोत बन्न सिकाउछ
हावा सितलता र जीवनको प्रतिक बन्न सिकाउछ

जीवनमा सबैले केहि न केहि पाठ सिकाउछन् ,
शिक्षकले किताबि ज्ञान, अनुसासन,
कसैले बिश्वास मै संसार टिकेको छ भन्ने सिकाउछन् त,
कसैले सजिलै बिश्वास गर्न हुन्न भन्ने कुरा
कसैले अरुको खुशीमा आफ्नू खुशी महसुस गर्न सिकाउछन् त,
कसैले आफ्नू खुशीको लागि अरूको खुशी मार्न
कसैले पैसा नै सबै भन्दा ठुलो हो भन्ने सिकाउछन् त,
कसैले पैसा त केवल भ्रम हो भन्ने कुरा
कसैले चोखो माया गर्न सिकाउछन् त,
कसैले मायाको नाममा खेलवाड गर्न

म त केवल एक विद्यार्थी, चेला
जीवनमा जो जति आए, गए सबैले केहि न केहि पाठ सिकाए
सबैलाई मन देखि गुरु सम्झी, 

गुरु पूर्णिमाको धेरै धेरै शुभकामना...