भूल

 

होइन कवि तर गाउछु आज गीत

सबैलाई सुनाउछु आज एउटा प्रीत

थिए एका देशमा दुई जना मीत

लौ उनीहरु कै बारेमा सुन यो गीत

 

सानो थियो गाऊ अनी सानै समाज

समाजमा छोरीहरु लाई धेरै थियो दबाब

तेही दबाबमा फुले दुईटा फूल

संगै हुर्के संगै फक्रिए तेही भयो भूल

 

एक अर्काको साथ बिस्तारै हुन थाल्यो खास

अरुले कुरा नबुझे पनि एक अर्काकै आश

एक अर्का बिना उनिहरुको चल्न छोड्यो सास

नया थियो बाटो साथै समाजको त्रास

 

खाए कसम कहिले नछोड्ने त्यो हात

तर समाजलाई थिएन मन्जुर त्यो साथ

सारा समाज थियो दुस्मन, अरुको के गर्नु आश

जब आफ्नै परिवारले दिएनन् कहिले साथ

 

उत्तर थिएनन्, प्रश्नहरु धेरै

जिन्दगी पासो भो, बेधनाले घेरे

सपना सानै थियो नया संसार सजाउने

तर अँगालोमा एक अर्काको, अन्तिम सास फेरे